मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको छ : महेश बर्तौला | Khabarhub Khabarhub

मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको छ : महेश बर्तौला


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परेपनि आफ्नो आयु लम्याउने काम भइरहेको र बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको बताएका हुन् । 

आफूहरू वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहेपनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले थप सशंकीत भएको उनले बताए । उनले सरकारभित्र रहँदारहदै एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र काँग्रेससँगै सहकार्य भएको जिकिर गरे ।

उनले काँग्रेससँगै भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढ्ने बताए । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको दावी गरे ।

त्यस्तै उनले लामो समय नदिइ तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरे । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ०७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई