सहकारीबाट रकम फर्काउन गभर्नरले सुझाए तीन तहको वर्गीकरण | Khabarhub Khabarhub

सहकारीबाट रकम फर्काउन गभर्नरले सुझाए तीन तहको वर्गीकरण


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न बचतका आधारमा तीन चरण (तह) को वर्गीकरण गर्न सुझाव दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा गठित संसदीय छानबिन समितिको बैठकमा अधिकारीले एकलाखसम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र त्यसभन्दा बढी तीन चरणमा बर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन् ।

उनले समस्याग्रस्त सहकारीका सम्बन्धमा बिशेष टोली गठन गर्न सकिने पनि सुझाव दिएको समिति संयोजक सूर्य थापाले बताए ।

भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, नियमनलाई कम महत्व दिएको र सुपरीवेक्षण हुन नसकेकाले सहकारीमा समस्या देखिएको पनि गभर्नर अधिकारीले बताएको थापाले जानकारी दिए ।

समिति संयोजक थापाले समितिमा गभर्नरका साथै बैंकर्स एशोसिएसन, कर्जा सूचना केन्द्र, पछिल्लो सहकारी सुझाव समितिसँग पनि छलफल गरेको जानकारी दिए ।

छलफलका क्रममा एउटै कर्जा सूचना केन्द्र बनाउन सकिने समेत सुझाव आएको थापाले जानकारी दिएका छन् ।

समितिले अर्को बैठकमा सहकारी विभागका पूर्व रजिष्टारहरूसँग छलफल गर्ने जनाएको छ ।

समिति सभापति थापाले सहकारी पीडितको बचत स्वयम् सहकारी संस्थाहरूबाटै असुलउपर गर्नुपर्नेमा आफूहरू स्पष्ट रहेको बताए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : १६ बजे

बाढीपहिरोको विपत्ति : राहत र पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ

काठमाडौं – अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव

एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई