बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् प्रहरीका सुझाव « Khabarhub

बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् प्रहरीका सुझाव


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरोले भौतिक तथा मानवीय क्षति पुर्‍याउने गर्छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की यसपालि पनि अविरल वर्षाका कारण बाढी पहिरोलगायत विपद्‍बाट हालसम्म ७० जनाले ज्यान गुमाएका बताउँछन् ।

विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराई-मधेशका सयौँ घर डुबानमा पर्छन् । पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् ।

पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन्, अझै कयौँ बेपत्ता छन् ।

बाढीबाट कसरी जोगिने ?  

– बर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन । आफ्नो गाउँघरको माथिल्ला भागमा गहिरो कुलो काटेर पानीको उचित निकास दिने गर्नु पर्छ ।

– गाउँमा बाढी आएको समय होचो भू-भागमा जानुहुँदैन ।

– बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुँदैन ।

– बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बाढीको जोखिम कता छ भन्ने जानकार लिन सकिन्छ ।

– मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ । सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ ।

– सञ्चारमाध्यममा आएका ती सूचनालाई आधार बनाएर सतर्कता अपनाउनुपर्छ ।

– यी त भए तराई तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरू ।

– पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ । त्यसका लागि पूर्वसतर्कता अपनाउन सकिन्छ ।

पहिरोबाट बच्ने उपायहरु :

– आफ्नो गाउँघरका माथिल्ला भागबाट गहिरो कुलो काटेर पानीको निकास निकाल्नुपर्छ ।

-आफ्नो वरिपरिको जमिनमा गहिरो परेको देखिए सचेत पहिराे जान सक्नेतर्फ सचेत रहने ।

– ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालोमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

– एक पटक पहिरो गएको स्थानमा फेरि बसोबास गर्नु हुँदैन ।

– पहिरोले घर बगाउँदा भौतिकसँगै मानवीय क्षति पनि हुने भएकाले २४ सै घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नु हुँदैन ।

– पहाडका धेरै स्थानमा प्रायजसो रातको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समूहमा बस्ने गर्दा राम्रो हुन्छ। समूहमा बस्दा एकअर्कालाइ सहयोग मिल्छ ।

– सम्भव भएसम्म सञ्चारमाध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा रहनुपर्छ । यसले उद्धारसँगै राहत वितरणमा सघाउ पुर्‍याउँछ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : ४१ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण