भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशत मात्रै « Khabarhub

भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशत मात्रै

आम्दानीभन्दा खर्च सवा ३ खर्बले धेरै



काठमाडौं चालु  आर्थिक वर्षको (आ.व.)मा भुक्तानीका लागि अन्तिम दिन मानिने आज (सोमबार) पौने ४ बजेसम्म सरकारले १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यही समयसम्म सरकारले राजस्व, गैर-राजस्व र अनुदान बापत १० खर्ब २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६८.०९ प्रतिशत मात्रै आम्दानी गर्न सकेको छ ।

चालु आर्थिक वर्षमा सोमबार दिउँसोसम्मको आम्दानी र खर्चको अवस्था हेर्दा सरकार ३ खर्ब १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँले घाटामा देखिएको छ ।

सरकारले आजसम्म गरेको खर्चमध्ये पुँजीगततर्फ १ खर्ब ५७ अर्ब ६९ करोड ९ लाख अर्थात् विनियोजित रकमको जम्मा ५२.२ प्रतिशत भएको छ ।

त्यस्तै सोमबारसम्म सरकारले चालु खर्च वापत ९ खर्ब २४ अर्ब ३२ लाख अर्थात उक्त शीर्षकमा विनियोजित कुल रकमको ८०.९३ प्रतिशत चालु खर्च गरेको छ ।

सरकारले चालु आ.व.मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको खर्च लक्ष्य राखिएको थियो । बजेटको अर्धवार्षिक समीक्षामार्फत् ८७.३ प्रतिशत मात्रै खर्च हुने अनुमान सरकारले गरेको थियो ।

 पछिल्लो ५ दिनमा पुँजीगत खर्चको अवस्था

असार २० गते १ खर्ब ४९ अर्ब ९२ करोड ८२ लाख-४९.६३
असार २१ गते १ खर्ब ५१ अर्ब ३२ करोड ६४ लाख-५०.१
असार २२ गते १ खर्ब  ५३ अर्ब २४ करोड ४९ लाख-५०.७३
असार २३ गते १ खर्ब ५३ अर्ब ९८ करोड ३५ लाख-५०.९८
असार २४ गते १ खर्ब ५७ अर्ब ६९ करोड ९ लाख-५२.२

पुँजीगत खर्चमा सधैँ कमजोर सरकार
सरकारले लामो समयदेखि पुँजीगत खर्चमा सुधार गर्न सकेको छैन । पछिल्लो ४ वर्षको तथ्यांकलाई हेर्दा सरकारको पुँजीगत खर्च सुधारोन्मुख देखिँदैन ।

अघिल्लो आ.व. २०७९-०८० मा सरकारले पुँजीगत शीर्षकमा विनियोजित ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेटमध्ये जम्मा १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख अर्थात् ६१.४४ प्रतिशत मात्रै खर्च गरेको थियो ।

त्यस्तै सरकारले आ.व. २०७८-०७९ का लागि पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त आ.व.को असार मसान्तसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख ५७.२३ प्रतिशत मात्रै खर्च भएको थियो।

आ.व. २०७७-0७८ मा पनि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रकम विनियोजन गरेको थियो । उक्त आ.व.को असार मसान्तसम्म २ खर्ब २८ अर्ब ३० करोड ६ लाख अर्थात् ६४.६९ प्रतिशत पुँजीगत खर्च भएको थियो।

‘रकमान्तर प्रक्रिया जारी छ, पुँजीगत खर्च ६० प्रतिशत पुग्छ’

सोमबारसम्मको पुँजीगत खर्च ५२ प्रतिशतमा सीमित भए पनि आ.व.को अन्तिम दिनसम्म ६० प्रतिशतसम्म पुग्ने अर्थमन्त्रालयले अनुमान गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले खबरहबसँग कुरा गर्दै आ.व.को अन्तिम दिनसम्म ६० प्रतिशत पुग्ने अनुमान रहेको बताए ।

उनले हिजो-आजका दिनमा पनि खर्च नभएका शीर्षकबाट बढी खर्च भएको शीर्षकमा रकमान्तर गर्ने काम भइरहेको बताएका छन् । कति रकमान्तर भइसक्छ भन्न नसकिने उनले बताए ।

‘अहिले पनि खर्च नभएका शीर्षकहरूबाट बढी खर्च भएका शीर्षकहरूमा रकमान्तर भइरहेको छ, मेरो अनुमानमा पुँजीगत शीर्षकमा ६० प्रतिशतसम्म खर्च हुन्छ होला’, उनले भने।

महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले सोमबार अपरान्ह ५ बजेसम्म भुक्तानी प्रक्रियामा नआएका बिलहरूको सन्दर्भमा सरकारले निर्णय गरेर मात्रै भुक्तानी हुने बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ०३ बजे

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन

रोनाल्डो, एम्बाप्पे र मेसीको टोलीलाई हराएर विश्वकपको ट्रफी

काठमाडौं – स्पेनले १६ वर्षपछि राष्ट्रिय फुटबल टिमको जर्सीमा अर्को

विपद् घटनामा २ जनाको मृत्यु, १५ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना भएका

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो, शिक्षामन्त्रीको राजीनामा माग

नयाँदिल्ली- भारतमा विभिन्न प्रवेश तथा सरकारी सेवाका परीक्षामा प्रश्नपत्र चुहावट भएको