एकै ह्याकरले २०२४ मा लिक गरे १० अर्ब पासवर्ड, जोगिने कसरी ? « Khabarhub

एकै ह्याकरले २०२४ मा लिक गरे १० अर्ब पासवर्ड, जोगिने कसरी ?


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक ह्याकर समूहले झन्डै १० अर्ब पासवर्ड चोरेको रिपोर्ट बाहिरिएको छ । साइबर न्युजका खोजकर्ताले गरेको एक अनुसन्धानमा यस्तो तथ्य देखिएको हो ।

साइबर न्युजले रिसर्च टिमले ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ युनिक प्लेन टेक्स्ट पासवर्डको कम्पाइलेसन फेला पारेको छ । (रकीयु२०२४.टीएक्सटी) शीर्षक भएको डेटासहितको फाइल ओबामा केयरले जुलाई ४ मा लिक गरेको थियो ।

सिमोन्स एन्ड सिमोन्स नामक कानुनी संस्थाका एक कर्मचारीले साइबर न्युजलाई उक्त डेटाबेस उपलब्ध गराएका थिए ।

यसमा विभिन्न समयमा लिक भएका पासवर्डहरूलाई एउटै फाइलमा राखिएको छ ।

अनुसन्धानकर्ताका अनुसार लिक भएका पासवर्ड विश्वभरका व्यक्तिहरूले प्रयोग गर्ने पासवर्डको सङ्कलन हो ।

ह्याकरहरूले यस्तो पासवर्ड क्रेडेन्सियल स्टफिङ आक्रमणमा प्रयोग गर्न सक्ने अनुसन्धानकर्ताको भनाइ छ ।

जोगिने कसरी ? 

–लिंक पासवर्डसँग जोडिएका सबै अकाउन्टहरूको बलियो पासवर्ड रिसेट गर्नुहोस् ।

– एउटै पासवर्ड विभिन्न प्लेटफर्ममा प्रयोग नगर्नुहोस् ।

– सम्भव भएसम्म मिल्टिफ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस् । यसले सुरक्षालाई बढाउँछ ।

– सुरक्षित पासवर्ड र कम्प्लेक्स पासवर्ड स्टोर गर्न पासवर्ड म्यानेजर सफ्टवेयर प्रयोग गर्नुहोस् ।

साइबर न्युजका अनुसार २३ मिलियन मानिसहरू अझै पनि आफ्नो पासवर्डको रूपमा ‘१२३४५६’ प्रयोग गर्छन्? यदि तपाईँ ती मध्ये एक हुनुहुन्छ भने तपाईंको बानी परिवर्तन गर्न विचार गर्नुपर्छ।

त्यसकारण ८ प्रतिशत डेटा चोरीमा ह्याक गरिएका पासवर्डहरू जिम्मेवार हुन्छन् । सुरक्षित पासवर्ड जेनेरेटरद्वारा बनाइएको पासवर्ड प्रयोग गर्नाले  महत्वपूर्ण सन्देशहरू चोरी हुने सम्भावना एकदमै कम हुन्छ ।

निजी सन्देशहरू, क्रेडिट कार्ड विवरणहरू र सबै प्रकारका संवेदनशील जानकारी अनियमित वर्ण, संख्या, र प्रतीकहरूको संयोजनका कारण सुरक्षित गर्न सकिन्छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ११ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक