बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन २४ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट ८ तारिख। साउन शुल्क पक्षको चतुर्थी तिथि। विश्व भूसंरक्षण दिवस।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ५ : ३७ बजे

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो