अन्तर्राष्ट्रिय

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टचार्यको निधन

By खबरहब

August 08, 2024

काठमाडौं- भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको बिहीबार निधन भएको छ ।

भट्टाचार्यको ८० वर्षको उमेरमा कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निवासमै निधन भएको हो ।

भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको मुख्यमन्त्री बनेका थिए ।

उनी एक चर्चित भारतीय राजनीतिज्ञ तथा मार्क्सवादी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य थिए ।

उनले जाधवपुर विधानसभा क्षेत्रबाट १४ मे २०११ सम्म विधायक रहे। २४ वर्षसम्म विधायक रहेपछि उनी आफ्नै सरकारका पूर्व मुख्य सचिव मनीष गुप्तासँग पराजित भए ।

उनी आफ्नै विधानसभा क्षेत्रमा हार्ने पश्चिम बंगालका दोस्रो मुख्यमन्त्री थिए । उनीभन्दा अघि प्रफुल चन्द्र सेन सन् १९६७ मा आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका थिए ।