सरकार र युनिसेफको साझेदारीबाट खानेपानीका काम अगाडि बढाउने « Khabarhub

सरकार र युनिसेफको साझेदारीबाट खानेपानीका काम अगाडि बढाउने


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा सरकार र युनिसेफको संयुक्त साझेदारीबाट आगामी कामहरू अगाडि बढाउने विषयमा समझदारी भएको छ । 

आज मन्त्रालयमा मन्त्री यादवसँग नेपालका लागि युनिसेफका प्रतिनिधि अकुङ्गासँगको छलफलका क्रममा सो समझदारी भएको हो । 

छलफलकै क्रममा मन्त्री यादवले युनिसेफले नेपालमा खानेपानी, सरसफाइ एवम् स्वच्छताका क्षेत्रमा थुप्रै काम गरेको प्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा नेपालमा युनिसेफका खानेपानीका क्षेत्रमा के कस्ता कामहरू रहेका छन् सो विषयमा जानकारी लिएका थिए ।

मन्त्री यादवले विसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्था मध्ये एक युनिसेफ भएकाले धन्यवाद व्यक्त गरेका थिए । 

सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी लक्ष्यहरू पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको कुरा धारणा राखेका थिए । 

मन्त्रालयमा भएको उक्त छलफल कार्यक्रममा नेपालका सात सय ५३ वटै पालिकाहरूको पानी, सरसफाइ, र स्वच्छता योजना (वास प्लान) बनाउन सहकार्य गर्ने, खानेपानी मन्त्रालयका प्राविधिकहरूलाई स्वदेश वा विदेशमा के कस्तो तालिम दिन सकिन्छ सो विषयमा आवश्यक संयुक्त पहल गर्ने लगायतका विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।

यसै गरी पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, विभिन्न दातृ निकायहरूसँग एकद्वार प्रणालीमार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका परियोजनाहरू, युनिसेफसँग मिलेर पूर्व सूचना प्रणाली तथा अस्थायी खानेपानी आपूर्ति प्रणाली सिर्जना गर्ने विषयमा छलफल गरेका भएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : २० बजे

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा

विज्ञापन नै गर्न नपाइने मदिरा र चुरोटको विज्ञानपनमा कम्पनीले गरे ४७ करोड बढी खर्च

काठमाडौं– सरकारले विज्ञापनमा रोक लगाएको मदिरा र सुर्तीजन्य वस्तुको विज्ञापनमा

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रूख कटान आदेश

म्याग्दी– म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका

वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप

काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध