आयल निगमको धनगढी डिपो गोदावरी सारिँदै « Khabarhub

आयल निगमको धनगढी डिपो गोदावरी सारिँदै


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ । डिपो सार्नका लागि गोदावरीमा २० बिघा १६ कठ्ठा आठ धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीपकुमार यादवले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिए । 

उनले हाल धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित डिपो घना बस्तीबीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँघुरो भएकाले सुरक्षित स्थानमा सार्नु परेको बताए।

‘एक बिघा आठ कट्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले डिपो स्थानान्तरण अनिवार्य भएको हो’, परियोजना प्रमुख यादवले भन्नुभयो । विसं २०३७ मा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थानान्तरण गर्नुपरेको उनले उल्लेख गरे ।

आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न हुने र आगामी वैशाख पहिलो साता डिपो शिलान्यास गरिने निगमको योजना छ । विसं २०८४ वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ । जग्गा अधिग्रहण र डिपो निर्माणका लागि रु तीन अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ । काठमाडौँ विश्वविद्यालयले डिपोको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने आयल निगमले जनाएको छ ।

यसअघि डिपो सार्न कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ६ मा अवस्थित राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा लिने तयारी गरेको थियो । पुनर्वास नगरपालिकाले जग्गा प्राप्तिको सिफारिस दिन अस्वीकार गरेपछि अर्को जग्गा खोज्नु परेको हो ।

नयाँ डिपोमा पेट्रोल एक हजार आठ सय किलोलिटर, डिजेल छ हजार छ सय किलोलिटर र मट्टितेल पाँच सय किलोलिटर भण्डारण क्षमता निर्माण गरिनेछ । सो डिपोबाट सुदूरश्चिमाञ्चका नौ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउँदै आएको छ । हालको डिपोमा पेट्रोल र डिजेल सात सय ६०-सात सय ६० किलोलिटर र मट्टितेल ७० किलोलिटर भण्डारण क्षमता रहेको छ । 

निगमको चालु आवको बजेटमा सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली र सुदूरपश्चिम प्रदेशमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको परियोजना संयोजक यादवले जानकारी दिए । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : १४ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार