ठूलो परिमाणको विदेशी मुद्रासहित बैंकक हिँडेका तीन नेपाली पक्राउ « Khabarhub

ठूलो परिमाणको विदेशी मुद्रासहित बैंकक हिँडेका तीन नेपाली पक्राउ


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध रूपमा ठूलो परिमाणको विदेशी मुद्रासहित थाइल्यान्ड जान लागेका तीन युवालाई प्रहरीले बुधबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका-२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका-१४ घर भएका ३० वर्षीय दिपेश भुषाल छन् ।

थाई एयरवेजको जहाजमा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रासहित पक्राउ गरिएको हो।

उनीहरूमध्ये महेश मानको साथबाट  युरो १६ हजार ५ सय ५० र क्यानेडियन डलर १० हजार ९ सय बरामद भएको छ ।

मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० बरामद भएको प्रहरीले जनाएको छ ।

उता दीपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको छ । ।

उनीहरू तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १ : ३२ बजे

असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव

कास्की – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका

काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

काठमाडौं – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला

एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली

काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको