समाचार

नगर प्रहरीलाई कसैको दवावमा नपरी काम गर्न निर्देशन

By खबरहब

August 08, 2024

काठमाडौं– ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् ।

बिहीबार ललितपुरमा महानगरद्वारा प्रकाशित तस्वीरमा–नगर प्रहरी नामक पुस्तकको बिमोचन गर्दै महर्जनले नागरिकको सेवामा केन्द्रीत भइ कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका हुन् ।

 नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको भन्दै उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न सफल भएको समेत बताए ।

महर्जनले महानगरभित्रका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेको जिकिर गरे । उनले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदालाई सम्मान र व्यवस्थापन गर्दै सुधारका लागि अघि बढेको धारणा राखे ।

पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा गरेका सुधार कामहरूलाई समेटिएको तस्वीर समावेश गरिएको छ ।