रुस–युक्रेन युद्धमा ज्यान गुमाएका पाँच नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण « Khabarhub

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका पाँच नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज सम्पर्क÷हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिक मध्ये सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि परिवारबाट निवेदन दिएको सङ्ख्या एक सय १८ जना रहेको छ ।

त्यस्तै घाइते वा अन्य कारणले फिर्ता गराईदिन अनुरोध गरिएकाको सङ्ख्या एक सय ६६ रहेको मन्त्रायलले जनाएको छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ३६ जनाको मृत्यु प्रमाणित भैसकेको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकमध्ये घाइते भई उपचारत रहेको जानकारी प्राप्त भएको सङ्ख्या पाँच (घाइते मध्ये एक जना नेपाल फिर्ता भइसकेको) छ ।

हालसम्म स्वदेश फर्किएकाको सङ्ख्या १६२, डिएनए परीक्षणका लागि अनुरोध भई आएको सङ्ख्या २२, र क्षतिपूर्तिका लागि नेपाल राजदूतावास, मस्कोबाट, कागजात माग भई आएको सङ्ख्या छ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङका विकाश राई, कास्कीका नेत्रबहादुर थापा, रुपन्देहीका उदयराज थारु, भोजपुरका प्रितम राई, दार्चुलाका ललित सिंह डोवाल, कैलालीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती र रुकुमका रामकुमार बुढा मगरको नेपाली राजदूतावासबाट मृत्य प्रमाणित भएर आउन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

रुसी सेनामा भर्ती भएकामध्ये युद्धका क्रममा विवेक खत्री (बर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ), प्रतिक पुन (रोल्पा), सुजन सुवेदी (चितवन), ईश्वर लामिछाने (मकवानपुर) हालसम्म यूक्रेनी सेनाको कब्जामा छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ८ : ४८ बजे

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न

भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान

कााठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा

केही हप्ताभित्र होर्मुजमा फसेका अधिकांश जहाज खाली गरिने : आईएमओ

एजेन्सी– अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत

देशका विभिन्न जिल्लामा एकैदिन सर्पदंशबाट ४ जनाको मृत्यु 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा

दृष्टिविहीन स्नातकोत्तर अम्बिकाको आक्रोश- ‘सरकारले न जागिर दियो, न सडकपेटीमा गीत गाउन’ 

काठमाडौं– जुम्लाकी ३७ वर्षीया अम्बिका थापाले राज्यले दृष्टिविहीनमाथि बर्बरता मच्चाएको