खोटाङमा बाघ आतङ्क : नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई पत्राचार « Khabarhub

खोटाङमा बाघ आतङ्क : नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई पत्राचार


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका दुई दर्जन बढी पशुचौपाया बाघले खाएपछि नियन्त्रणका लागि प्रहरीले वन कार्यालयलाई पत्राचार गरेको हो ।

बाघ मार्ने अधिकार कसैलाई पनि नभएकाले नियन्त्रणका लागि डिभिजन वन कार्यालयलाई लिखित रुपमा पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

“जङ्गलबाट गाउँ पसेको बाघले आतङ्क मच्याएको खबर जिल्लाका विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्राप्त भएको छ । सबैभन्दा बढी केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित मामातिमका स्थानीय बासिन्दाको पशुचौपाया क्षति गरेको विवरण प्राप्त भएको छ”, उनले भने , “बाघ संरक्षित जनावर हो । बाघ मार्ने अधिकार कसैलाई पनि छैन । त्यसैले नियन्त्रणका लागि विभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरिएको हो ।”

जङ्गलबाट गाउँ पसेको बाघले यही साउन दोस्रो हप्तादेखि जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका पशुचौपायामा क्षति गरेको प्रहरीले जनाएको छ । खोरमा राखिएको खसीबाख्रा तथा गोठमा बाँधेर राखिएका गाईभैँसीको बाच्छाबाच्छी÷पाँठापाँडी खान थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएका छन् ।

बाघले जिल्लाका स्थानीय बासिन्दाको पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गर्न मातहतका वन कार्यालयहरूलाई पत्राचार गरिएको र क्षतिपूर्तिका लागि पहल सुरु गरिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बताउनुभयो ।

“बाघ नियन्त्रण गर्ने जनशक्ति हामीसँग छैन । प्रहरीको पत्र आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जानकारी गराएका छौँ”, उनले भने, “राष्ट्रिय प्रकृति संरक्षण कोषले कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरेको बुझिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षले दक्ष जनशक्ति पठाएपछि प्रहरीसँगको समन्वयमा नियन्त्रणको काम शुरु गर्छौँ ।”

बाघले खार्ताम्छास्थित मामातिमका समला राईको एउटा बाख्रा, रञ्जित राईको दुईवटा बाख्रा, देवराज राईको दुईवटा बाख्रा, मिनालक्ष्मी राईको एउटा बाख्रा, भरत विष्टको एउटा बाख्रा, हर्काश खड्काको दुईवटा बाख्रा, कुमारी खड्काको दुईवटा बाख्रा, बुद्धिराज राईको चारवटा सुगुर खाएको छ ।

मामातिम टोलमा मारेको पशुचौपाया गाउँपालिकाको राष्ट्रपति महिला उत्थान तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत अनुदानबाट वितरण गरिएको वडाध्यक्ष वडाध्यक्ष मिलन राईले बताए ।

साउन–२१ गते सोमबार राति बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको घर छेउको गोठमा एउटा खसी मार्नुका साथै गोठमा राखिएको अर्को खसी करिब पाँच सय मिटर तल लगेर आधा खाएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । त्यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँस्थित आरुबोटेका कृष्ण कार्कीको दुईवटा बाख्रा र एउटा खसी सोही दिन मार्नुका साथै एउटा खसी घाइते बनाएको छ ।

साउन–१९ गते हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका भीममायाँ चौहानको घरमा बाहिर बाँधेको कुकुर मारेको थियो । त्यसैदिन उक्त गाउँकै पशुपति भण्डारीको खोरमा बाँधेर राखिएको एउटा खसी मारेको र साउन–१८ गते दिउँसो चराउन जङ्गल लगेको बेला त्यही गाउँका देवीबहादुर कार्कीको एउटा बोका खाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ९ : ११ बजे

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह