बस्तीमै सामाजिक सुरक्षा भत्ता नवीकरण « Khabarhub

बस्तीमै सामाजिक सुरक्षा भत्ता नवीकरण


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

भोजपुर – आमचोक गाउँपालिका वडा–८ ले नागरिकको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ ।

वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी उनीहरुकै घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको वडा सचिव सुदिप पाण्डेयले जानकारी दिए ।

बिहीबार वडाका खलंगा, नकटा, हैखराङ लगायतका स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण तथा यस आर्थिक बर्षको राजश्व संकलन कार्य गरिएको छ ।

शारीरिक रूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक टोलमा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेको उनले बताए ।

वडा सचिव पाण्डेय भने, ‘विगतका वर्षहरुमा कार्यालयमा नै आएर सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुपर्ने बाध्यता थियो । त्यसबेला नागरिकहरुले धेरै समस्या भोग्नु परेको गुनासो गरेका थिए । अहिले त्यो समस्या समाधान भएको छ ।’

यसअघि उक्त वडाले हरेक दिन राष्ट्रिय गान गाएर कार्यलय समयको सुरुवात गर्ने, नागरिक वडापत्र सुचना पार्टी सुझाव पेटीका राख्नुपर्ने व्यवस्था कार्यान्वयन, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान तथा पुरस्कार, जेहेन्दार तथा अति विपन्न वर्गमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण, आफ्नै व्यवस्थापनमा सेवाग्राहीलाई नि शुल्क फोटोकपि सेवा , लोकसेवा तयारी कक्षा सञ्चालन लगायतका कार्यक्रमहरु गरेका थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ९ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना