बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण « Khabarhub

बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

ढाका – नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् ।

उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उहाँको भूमिकाको सपथ गराए । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।

अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ । यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो ।

सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा सुरु भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गर्नुभएको थियो । आलोचकहरूले आरक्षण प्रणालीले हसिनाको पार्टीसँग सम्बन्ध भएका मानिसको पक्ष लिएको बताएका थिए ।

बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो । सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएका युनुस उहाँलाई अन्तरिम भूमिका निर्वाह गर्नका लािग चयन गर्दा २०२४ ओलम्पिकका लािग फ्रान्सको राजधानी पेरिसमा थिए । उनी कडा सुरक्षाबीच ढाका विमानस्थलमा बिहीबार स्वदेश फर्किए ।

आफ्नो आगमनपछिको पहिलो टिप्पणीमा उनले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताए। “बङ्गलादेश एउटा परिवार हो, हामीले यसलाई एकजुट गर्नुपर्छ”, उनले विद्यार्थी नेताहरूसँग भने, “यसको सम्भावना अपार छ ।”

बुधबार पेरिसमा युनुसले शान्ति र सबै पक्षपातपूर्ण हिंसा अन्त्य गर्न आह्वान गरेका थिए । यसैबीच एएफपीका अनुसार युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले सपथ लिएका छन् । उनीहरू मन्त्री नभएर सल्लाहकारको पदमा छन् ।

सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद छन् । उनीहरुले हप्तौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

अन्यमा पूर्वविदेशसचिव तौहिद हुसेन र पूर्वमहान्यायाधिवक्ता हसन आरिफ छन् । पुरस्कार विजेता पर्यावरण वकिल सैयदा रिजवाना हसन र कानूनका शीर्ष प्राध्यापक तथा लेखक आसिफ नजरुलले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रमुख मानवाधिकार कार्यकर्ता आदिलुर रहमान खानले पनि सल्लाहकारका रूपमा सपथ लिएका छन् । उनलाई हसिना सरकारले दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १० : ५७ बजे

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा