मोदीले युक्रेन भ्रमण गर्ने अपेक्षा छ : युक्रेनी उपमन्त्री « Khabarhub

मोदीले युक्रेन भ्रमण गर्ने अपेक्षा छ : युक्रेनी उपमन्त्री


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनकी सँस्कृति तथा सूचना मामिला उपमन्त्री अनास्तासिया बोन्दारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै आफ्नो मुलुक भ्रमण गर्ने अपेक्षा गरेको बताएकी छिन् ।

भारत भ्रमणका क्रममा भारतीय टेलिभिजन डब्लूआईओएनसँग कुराकानी गर्दै उनले मोदीको युक्रेन भ्रमण चाँडै हुने आफ्नो अपेक्षा रहेको बताएकी हुन् ।

युक्रेनमा अहिले के भइरहेको छ भन्ने वास्तविक अवस्था हेर्नका लागि पनि मोदीले युक्रेनको भ्रमण गर्नुपर्ने आफ्नो व्यक्तिगत अपेक्षा रहेको उनको भनाइ छ । हाल युक्रेन रुससँग युद्ध लडिरहेको छ ।

उनले भारत र आफ्नो मुलुकबीच साँस्कृति संवादमा पनि जोड दिइन् । उनले आफूलाई योग, बलिउड र ‘जिम्मी जिम्मी, आजा आजा’ बोलको गीत पनि मन पर्ने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ०५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी