बाटोको असुविधाले गलेखामकोट ओझेलमा « Khabarhub

बाटोको असुविधाले गलेखामकोट ओझेलमा


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ ।

सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ ।

आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन । गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउँछिन् ।

गलेखामकोटमा एकपटकमा २०–२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ । व्यास–२ का सुदीप गफ्फारले ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताए । उनले भने, ‘गलेखामकोटको प्रचारप्रसार आवश्यक छ । सँगसँगै यहाँसम्म पुग्न सडक स्तरोन्नति गर्नुपर्छ ।’ यसको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने उनको भनाइ छ ।

कुनै बेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवर्द्धनका लागि स्थानीयवासी जुटेका छन् । गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, ‘धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना छ, यसको विकासका लागि हामी जुटेका छौँ ।’

गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।

गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । यहाँ १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको छ । यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँका बेला विशेष पूजाआजा गरिने स्थानीय मनिता गुरुङले बताइन् । 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ६ : ५५ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी