फाइल फोटो

आर्थिक

प्रि-ओपन सेसनमा नेप्से ५ अंकले बढ्यो 

By खबरहब

September 08, 2024

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४६ अंकले बढेको छ ।

नेप्से ०.२० अंकले बढेर २७ सय ३२.८२ विन्दुमा पुगेको छ । गत बिहीबार १२ अंकले घटेर बन्द भएको नेप्से साताको पहिलो दिन आज भने बढेको छ ।

उक्त सेसनमा ३ करोड ४४ हजार रुपैयाँ बराबरको २५ हजार ६२२ कित्ता शेयर किनबेच भएको छ । प्रि-ओपन सेसनमा ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर १७२ पटक कारोबार भएको छ ।