एन्फा महिला लिग : कोशी प्रदेशको तेश्राे जित « Khabarhub

एन्फा महिला लिग : कोशी प्रदेशको तेश्राे जित


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेश्रो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्दै कोशी लगातार जित दर्ता गर्न सफल भएको हो । जितसँगै ९ अंकका साथ कोशी तालिकाको शीर्ष स्थानमा कायमै छ ।

कोशीलाई जित दिलाउन पुर्णिमा राइले खेलको ३४ र ७१ औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै समिक्षा मगरले खेलको ६६ औं मिनेट र प्रतिक्षा राईले ७४ मिनेटमा कोशीका लागि १–१ गोल गरेकी थिइन् ।

कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४–० र बागमती युथ क्लबलाई २–१ ले पराजित गरेको थियो ।

कर्णालीले भने पहिलो खेलमा चन्द्रपुर नगरपालिकासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा वालिङ नगरपालिकासँग ४–० को फराकिलो हार व्यहोरेको थियो । लिगमा कणालीको १ अंक रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : ०६ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले