नेपालमा लक्ष्यविपरीत बढ्दै आत्महत्या दर « Khabarhub

नेपालमा लक्ष्यविपरीत बढ्दै आत्महत्या दर


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिगो विकास लक्ष्य (एसडीजी) लक्ष्य विपरीत नेपालमा आत्महत्याको दर बढ्दै गएको छ । आत्महत्या दर ४.७ प्रतिशतमा झार्ने दिगो विकास लक्ष्य छ ।

विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आर्थिक वर्ष  ०८०/८१ मा भएको आत्महत्या घटनाको तथ्याङ्क सार्वजनिक गरेको हो । महाशाखाका अनुसार गत आर्थिक वर्षभित्र नेपालमा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् ।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए । एसडीजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

नेपालमा ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको उनले जानकारी दिए ।

उनका अनुसार आत्महत्यामा जैविक मामिला, मानसिक रोग, शारीरिक, मनोसामाजिक र मनोदशा लगायत मुख्य कारण हुन्‌ । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या हुने गरेको उनको भनाइ छ ।

विश्वमा आत्महत्या मृत्युको १५ औं कारण हुने गरेको छ । विश्वमा वर्षेनी ७ लाख मानिसहरूको जीवन आत्महत्याबाट अन्त्य हुने गरेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्छन्‌ भने ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेको छ । त्यसमध्ये पनि दक्षिणपूर्वी एशियाले मात्रै कुल आत्महत्याको ३९ प्रतिशत हिस्सा ओगटेको छ ।

यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ६ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका