बालुवाटार बैठक : सरकारको कामकारबाही प्रभावकारी बनाउनेबारे छलफल « Khabarhub

बालुवाटार बैठक : सरकारको कामकारबाही प्रभावकारी बनाउनेबारे छलफल


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच करिब दुई घण्टा छलफल भएको हो ।

छलफलमा कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकको सहभागीता रहेको थियो । त्यस्तै एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उपस्थीति थियो ।

भेटमा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ । साथै कोसी सरकार विस्तार र गण्डकी सरकारमा देखिएको विवादबारे पनि छलफल भएका बालुवाटार निकट स्रोतले बताएको छ ।

भेटवार्तामा सत्तारुढ दलले ल्याउने भनेको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि सामान्य छलफल भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ९ : १५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।