स्वास्थ्य

मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

By खबरहब

October 08, 2024

गोरखा– गोरखामा आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाविन्दुको शल्यक्रिया शिविरमार्फत १३ जनाको मोतियाविन्दुको सोमबार शल्यक्रिया गरेको हो ।

केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये ६ जना महिला र ७ पुरुष रहेको जानकारी दिए ।

केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।

लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ ।

शिविरमा मोतियाविन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ ।