ललितपुरका बाढी प्रभावितलाई ‘छोरी’ संस्थाद्वारा प्याड वितरण  « Khabarhub

ललितपुरका बाढी प्रभावितलाई ‘छोरी’ संस्थाद्वारा प्याड वितरण 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं महिला सशक्तिकरणको लागि काम गर्दै आएको ‘छोरी’ संस्थाले बाढी प्रभावितलाई प्याड वितरण गरेको छ । छोरीहरूका लागि ‘छोरी’ ले सोमबार ललितपुर महानगरपालिका वडा नम्बर २५ मा संस्थाले महिला तथा छोरीहरूलाई प्याड वितरण गरेको हो । 

साथै संस्थाले विपत व्यवस्थापनमा मनोसामाजिक अवस्था, रोग प्रतिरोधात्मक क्षमताको कसरी विकास गर्ने र सरसफाइ लगायतका विषयमा मनोपरामर्श पनि दिएका थिए । 

बाढी प्रभावितहरूले सरकारले कहिले राहत पठाउँछ भनेर पनि सोधिरहेका थिए । विपद्को समयमा प्याड आवश्यक भएपनि अन्य अत्यावश्यक कुराहरू नआएको गुनासो गरिरहेका भेटिए । 

दाङकी सोना चौधरीले भनिन्, ‘घरमा पुरुष पनि छन्, प्याड हामीले लगाउन भयो । खानेकुरा चाँहि खै ? उनले प्रतिप्रश्न गरिन्, ‘पत्रकारले राहत ल्याउनुभएको छैन ? 

युट्युबपत्रकार (केही) र पत्रकारिताबीच तालमेल नमिल्दा नागरिकमा सबै काम पत्रकारले नै गर्छ भन्ने सन्देश गएको देख्न सकिन्छ । राहत बोकेर नजानेलाई नागरिकले पत्रकार नै मान्न छोडेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : ५४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।