समाचार

ललितपुरका बाढी प्रभावितलाई ‘छोरी’ संस्थाद्वारा प्याड वितरण 

By खबरहब

October 08, 2024

काठमाडौं– महिला सशक्तिकरणको लागि काम गर्दै आएको ‘छोरी’ संस्थाले बाढी प्रभावितलाई प्याड वितरण गरेको छ । छोरीहरूका लागि ‘छोरी’ ले सोमबार ललितपुर महानगरपालिका वडा नम्बर २५ मा संस्थाले महिला तथा छोरीहरूलाई प्याड वितरण गरेको हो । 

साथै संस्थाले विपत व्यवस्थापनमा मनोसामाजिक अवस्था, रोग प्रतिरोधात्मक क्षमताको कसरी विकास गर्ने र सरसफाइ लगायतका विषयमा मनोपरामर्श पनि दिएका थिए । 

बाढी प्रभावितहरूले सरकारले कहिले राहत पठाउँछ भनेर पनि सोधिरहेका थिए । विपद्को समयमा प्याड आवश्यक भएपनि अन्य अत्यावश्यक कुराहरू नआएको गुनासो गरिरहेका भेटिए । 

दाङकी सोना चौधरीले भनिन्, ‘घरमा पुरुष पनि छन्, प्याड हामीले लगाउन भयो । खानेकुरा चाँहि खै ? उनले प्रतिप्रश्न गरिन्, ‘पत्रकारले राहत ल्याउनुभएको छैन ? 

युट्युबपत्रकार (केही) र पत्रकारिताबीच तालमेल नमिल्दा नागरिकमा सबै काम पत्रकारले नै गर्छ भन्ने सन्देश गएको देख्न सकिन्छ । राहत बोकेर नजानेलाई नागरिकले पत्रकार नै मान्न छोडेका छन् ।