फिल्म ‘जारी’ ले बीस घण्टा नपुग्दै कटायो १० लाख बढी भ्युज | Khabarhub Khabarhub

फिल्म ‘जारी’ ले बीस घण्टा नपुग्दै कटायो १० लाख बढी भ्युज


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ ले युट्युबमा सार्वजनिक भएको २० घण्टा नबित्दै १० लाख भ्युज कटाएको छ ।

सोमबार साँझ युट्युबबाट सार्वजनिक गरिएको यस फिल्मले १९ घण्टामा १२ लाख बढी भ्युज पाएको छ ।

विसं २०८० को नयाँ वर्ष लक्षितगरी प्रदर्शनमा आएको यस फिल्म सुपरहिट साबित भएको थियो । यो फिल्मले १६ करोड बढी ग्रस कलेक्सन गरेको थियो । ‘जारी’ घरेलु बजारमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने नेपाली फिल्म हो ।

युट्युबमा सार्वजनिक भएपछि यो फिल्मको पुनः चर्चा चुलिएको छ । उपेन्द्र सुब्बाको निर्देशन र लेखन क्षमताको प्रशंसा भइरहेको छ । त्यस्तै, फिल्ममा केन्द्रीय भूमिकामा रहेकी नायिका मिरुना मगर अभिनयले पनि तारिफ पाएको छ ।

लिम्बू समुदायको कथामा आधारित कथामा बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना, विजय बराल मुख्य भूमिकामा छन् । फिल्ममा पुस्कर गुरुङ, प्रेम सुब्बा, रेखा सुब्बा, रोयदीप श्रेष्ठलगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : २९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका