प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज लोकार्पण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक लोकार्पण गर्दै सुख प्राप्ति हरेक प्राणीको हुने तर मानिसले सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहने भएकाले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिए । 

उनले कसैलाई पछाडि नपारिने संयुक्त राष्ट्रसङ्घको सङ्कल्पबमोजिम मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्ने बताए  ।

प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुपर्ने बताए । 

पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा तिम्सिनाले प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिए । 

समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  २ : ४१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस