विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै | Khabarhub Khabarhub

विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता यही अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैँफर्टमा हुँदैछ । इजिकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरू भोलि जर्मनी प्रस्थान गर्नेछन् ।

टोलीलाई आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङ्फु सङ्घका महासचिव भूपेन्द्र गुरुङले मंगलबार आयोजित एक कार्यक्रममा बिदाइ गरे । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । 

दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ५१ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले