पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता | Khabarhub Khabarhub

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको ‘वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ ।

२०८१ कार्तिक २० देखि २२ गते ९ ५–७ नोभेम्बर २०२४० सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ । 

नेपाल पर्यटन बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको  सहभागिता वर्षको उत्सव मनाउँदै, विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो ।

१८४ देशहरूबाट ४३ हजार सहभागीहरू, ३ हजार ८७५ प्रदर्शकहरू सहभागी , डब्ल्यूटीएममा  ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको थियो । हालै लोन्ली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि, यस वर्ष डब्लयूटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको अनौठो सम्पदाहरुलाई प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।

वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । 

उनले नेपालको यो सहभागिताले नयाँ व्यवसायिक अवसरहरू विकास गर्दै, हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य, र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्ने समेत बताए ।

‘लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ । लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गर्दै, प्रतिस्पर्धी गन्तव्यहरूबाट यसलाई अलग बनाउँछ । डब्ल्यूटीएममा नेपालको सहभागिताले देशका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थलहरूलाई समेटेको छ । यसले आगन्तुकहरूलाई नेपाली सम्पदाका विशिष्ट तत्वहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिएको छ ।’ कार्यकारी प्रमुख जोशीले भने ।

नेपाल विश्वका लागि नेपाल आकर्षक गन्तव्यका रूपमा रहिरहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म, र सम्पदाको संयोजनको गन्तव्यका रुपमा  थप परिचित र बलियो छवी बनाउने कार्यमा यो सहभागिताले महत्वपूर्ण  भूमिका खेल्ले अपेक्षा गरिएको कार्यकारी प्रमुख जोशीले भने । नेपालबाट डब्ल्यूटीएमा विभिन्न ट्रावल कम्पनीहरु, होटल, रिर्सोटहरु सहभागिता रहेको थियो ।  

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : ४४ बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको