राजु लामाको नयाँ गीत सुनील बर्देवाप्रति समर्पित « Khabarhub

राजु लामाको नयाँ गीत सुनील बर्देवाप्रति समर्पित


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘द एन्जल्स ब्यान्ड’ले नयाँ गीत ‘कति छन्’ सार्वजनिक गरेको छ। यस गीतको ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन् ।

यस गीतको संगीत र शब्द स्वर्गीय सुनील बर्देवाले तयार पारेका हुन् । उनै बर्देवालाई श्रद्धाञ्जली स्वरूप यो गीत सार्वजनिक गरिएको गायक लामाले बताए ।

बर्देवा नेपाली पप संगीतका चर्चित गायक एवम् गीतकार हुन् । बर्देवाको सन् २०१६ मा ४४ वर्षको उमेरमा निधन भएको थियो । उनका ‘गोरटो अनि उस्तै छ गल्ली’ र ‘बिहानीमा’लगायत गीत लोकप्रिय छन् ।

‘कति छन्’ गीतको रेकर्ड र भिडियोको छायाङ्कन अमेरिकामा भएको बताइएको छ । भिडियोमा राजुसहित द एन्जल्स ब्यान्डका सदस्यहरू राजेश, विकाश र ताशी फिचर्ड छन् । भिडियोको निर्देशन र छायाङ्कन संगमले गरेका हुन् ।

‘द एन्जल्स ब्यान्ड’ सन् १९९० मा स्थापित भएको हो । यो ब्यान्डले ‘मौन जीवन’ ‘द एन्जल्स २’, ‘द एन्जल्स ३’, ‘द एन्जल्स ४’ र ‘बेस्ट अफ द एन्जल्स’ जस्ता एल्बमहरू सार्वजनिक गरेको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : २४ बजे

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट