निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए ‘माग्ने बुढा’ « Khabarhub

निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए ‘माग्ने बुढा’


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-दीपकराज गिरी र दीपाश्री निरौलाको समूहका कलाकारको छबि बनाएका केदार घिमिरे (माग्ने बुढा) ले धमाधम बाहिरी फिल्ममा काम गर्न थालेका छन् ।

गत वर्ष फिल्म ‘कङ्गारु’मा भित्रिएका केदारले त्यसपछि ‘जेरी अन टप’ र अब निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा काम गर्न लागेका हुन् । बिहीबार केदार र निर्देशक लामिछानेबीच कागजी सम्झौता भएको छ ।

फिल्मको शीर्ष भूमिकामा केदारले अभिनय गर्नेछन् । अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् ।

सामिप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले विछोड’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : ३५ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड