प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग « Khabarhub

प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घले आज वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको टोलीले वनमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकारले सोलुखुम्बू जिल्लाको महाकुलुङ, सोताङ र माप्य दुधकोशी गाउँपालिकालाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ ।

उक्त कार्य सरोकारवाला आदिवासी जनजाति समुदायसँगको परामर्श बिना नै हुन लागेकाले महासङ्घले यस विषयप्रति गम्भीर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको जनाएको छ ।

नेपालको संविधानको धारा ५१ (ञ) को ८, जैविक विविधता महासन्धी १९९२, आइएलओ महासन्धि १६९ लगायतमा उल्लेख भए विपरीत सरकारले एकलौटी ढङ्गबाट मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

‘आदिवासी जनजातिहरूको प्रथाजनित अभ्यास र परम्परागत जीवन पद्धतिलाई उपेक्षा गर्दै आदिवासी जनजातिहरूको प्राकृतिक स्रोतसाधनको उपयोगमा बन्देज लगाउँदै राज्यले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र शिकार क्षेत्रहरु घोषणा गरिरह्यो । आदिवासी जनजातिहरूको मानवअधिकार उल्लङ्घन भइरह्यो’, ज्ञापनपत्र बुझाउँदै महासङ्घका अध्यक्ष शेर्पाले भने, ‘हाल सोलुखुम्बूमा घोषणा गर्न लागिएको राष्ट्रिय निकुञ्जले फेरि हामी आदिवासी जनजातिको थातथलो खोसिन लागेकोप्रति सशंकित र आतङ्कित बनाएको छ ।’

महासङ्घले ज्ञापनपत्रमा आदिवासी जनजातिहरू प्राकृतिक स्रोत जल, जङ्गल र जमिनको दिगो व्यवस्थापन गर्दै यसको समुचित सदुपयोग गर्ने समुदाय भएकाले प्राकृतिक स्रोतहरूको असली संरक्षक र हकदार भएको उल्लेख गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० ले आदिवासीका थुप्रै प्रथाजनित अभ्यास र परम्परागत ज्ञानमाथी हस्तक्षेप हुँदा आदिवासी समुदायले थातथलो नै छोड्नु परेको महासङ्घले जनाएको छ ।

हाल कायम रहेका निकुञ्ज, संरक्षित क्षेत्रलगायतमा समेत प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको अधिकारलाई सुनिश्चित गर्न महासङ्घले सरकार समक्ष माग गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने