एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो « Khabarhub

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।

आज यहाँ बसेको प्रदेश कमिटीको सचिवालय बैठले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिए । उनले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर, काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगरपािलका–१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगरकमिटी पहिलो उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ ।

यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ । आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : ०६ बजे

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय