एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो | Khabarhub Khabarhub

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।

आज यहाँ बसेको प्रदेश कमिटीको सचिवालय बैठले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिए । उनले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर, काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगरपािलका–१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगरकमिटी पहिलो उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ ।

यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ । आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : ०६ बजे

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक

सिरहामा यसवर्षको रोपाइँ अन्तिम चरणमा

सिरहा– लामो समयको खडेरीपछि सिरहामा रोपाइँ अन्तिम चरणमा पुगेको छ