पाँच वर्ष जेल बसेर घर फर्किए चिनियाँ अधिवक्ता « Khabarhub

पाँच वर्ष जेल बसेर घर फर्किए चिनियाँ अधिवक्ता


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा विगत ५ वर्षदेखि जेल जीवन बिताइरहेका मानव अधिकारवादी अधिवक्ता रिहा भएका छन् । ५ वर्षको जेल सजाय पूरा गरी चिनियाँ अधिवक्ता चिन योङपेई रिहा भएका हुन् ।

जेलबाट रिहा भएर उनी गुवाङ्शी स्वशासित प्रान्तस्थित आफ्नो गृहनगर नानिङ पुगेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मानव अधिकारवादी संस्था फ्रन्ट लाइन डिफेन्डर्सले चिनलाई रिहा गरिएको पुष्टि गरेको छ ।

जायज र शान्तिपूर्ण रुपमा मानव अधिकारको पक्षमा वकालत गरेको बदलास्वरुप उनलाई जेल हालिएको उक्त संस्थाले टिप्पणी गरेको छ ।

सन् २०१९ मा उनलाई ‘राज्यशक्तिविरुद्ध विद्रोह उक्साएको’ अभियोगमा गिरफ्तार गरिएको थियो । पछि नानिङको माध्यमिक अदालतले उक्त अभियोगमा दोषी ठहर गर्दै उनलाई ५ वर्षको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : ११ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल