एनपीएल : आइतबारको पहिलो खेलमा जनकपुर र लुम्बिनीको प्रतिस्पर्धा | Khabarhub Khabarhub

एनपीएल : आइतबारको पहिलो खेलमा जनकपुर र लुम्बिनीको प्रतिस्पर्धा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुन लागेको छ। आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार खाएको लुम्बिनी आम्नेसाम्ने हुन लागेका हुन्।

जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ।

पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठआठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो। अपराजित जनकपुर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ।

यता तालिकाको पुछारमा रहेको लुम्बिनी भने पहिलो जितको खोजीमा छ। पहिलो खेलमा विराटनगरसँग एक बल बाँकी हुँदा दुई विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरासँग १० विकेटको पराकिलो अन्तरले पराजित भयो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।

आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ०८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका