राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, दिउँसो २ बजे सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे २ बजे समितिको बैठक कक्षा सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ३७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई