आँधीका कारण लिभरपुलको खेल रोकियो « Khabarhub

आँधीका कारण लिभरपुलको खेल रोकियो

२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट

147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डराग नामको आँधीका कारण लिभरपुल र एभरटिनको शनिबार साँझको हुने भनिएको इङ्लिस प्रिमियर सिपको खेल रोकिएको छ। अर्को खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले २-२ गोलको बराबरी गरे। खेलमा सिटी २ पटकपछि परेको थियो।
चौथो मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले अग्रता लिएको खेलको ३० औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल गरे।

खेलको ५६ औं मिनेटमा हुगको कर्नरमा म्याक्सेन लोक्रिक्सले हेड गोल गर्दै क्रिस्टल प्यालेसलाई दोस्रो पटक अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटमा रिको लेविसले सिटीका लागि बराबरी गोल गरे। ८४ औं मिनेटमा लेविसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।

प्रिमियर सिपका अन्य खेलमा अस्टन भिल्लाले साउथहम्टनलाई १-० ले हरायो भने न्यु क्याशल युनाइटेडले ब्रेन्टफोर्डसँगको खेलमा ४-२ को सफलता पायो। नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई ३-२ ले हरायो।

अङ्क तालिकामा १४ खेल खेलेका लिभरपुल ३८ सहित पहिलो, चेल्सी २८ अङ्कसहित दोस्रो तथा समान अङ्क भएको आर्सनल तेस्रो स्थानमा छन्। १५ खेल खेलेको सिटी भने २७ अङ्कसहित चौथो स्थानमा छ। फरेस्ट र भिल्लाको २५ अङ्क छआँधीका कारण लिभरपुलको खेल रोकियो

काठमाडौं – डराग नामको आँधीका कारण लिभरपुल र एभरटिनको शनिबार साँझको हुने भनिएको इङ्लिस प्रिमियर सिपको खेल रोकिएको छ। अर्को खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले २-२ गोलको बराबरी गरे। खेलमा सिटी २ पटकपछि परेको थियो।
चौथो मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले अग्रता लिएको खेलको ३० औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल गरे।

खेलको ५६ औं मिनेटमा हुगको कर्नरमा म्याक्सेन लोक्रिक्सले हेड गोल गर्दै क्रिस्टल प्यालेसलाई दोस्रो पटक अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटमा रिको लेविसले सिटीका लागि बराबरी गोल गरे। ८४ औं मिनेटमा लेविसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।

प्रिमियर सिपका अन्य खेलमा अस्टन भिल्लाले साउथहम्टनलाई १-० ले हरायो भने न्यु क्याशल युनाइटेडले ब्रेन्टफोर्डसँगको खेलमा ४-२ को सफलता पायो। नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई ३-२ ले हरायो।

अङ्क तालिकामा १४ खेल खेलेका लिभरपुल ३८ सहित पहिलो, चेल्सी २८ अङ्कसहित दोस्रो तथा समान अङ्क भएको आर्सनल तेस्रो स्थानमा छन्। १५ खेल खेलेको सिटी भने २७ अङ्कसहित चौथो स्थानमा छ। फरेस्ट र भिल्लाको २५ अङ्क छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ४८ बजे

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि