कोशीका पूर्वमन्त्री लिलाबल्लभबारे दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदै « Khabarhub

कोशीका पूर्वमन्त्री लिलाबल्लभबारे दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदै


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर, त्रिपाठीले पेस गरेको उक्त रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो ।

सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले सो रिट प्रक्रियामा लग्न नपर्ने भन्दै दरपिठ गरेका थिए ।

जापानमा मानव तस्करी काण्डमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सो काण्डमा मुछिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले अधिकारीसहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर उक्त काण्डमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : २५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा