एउटै ओभरमा लुम्बिनीले लियो तीन विकेट : १३ औँ ओभरमा जनकपुरको पाँच विकेट गयो « Khabarhub

एउटै ओभरमा लुम्बिनीले लियो तीन विकेट : १३ औँ ओभरमा जनकपुरको पाँच विकेट गयो


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा लुम्बिनीका अभिषेक गौतमले बलिङ गरेको १३ औं ओभरमा जनकपुरले तीन विकेट गुमाएको छ। १२ औं ओभरको समाप्तिमा ९७ रन बनाएर दुई विकेट गुमाएको जनकपुरले १३ ओभरमा थप तीन विकेट गुमाएको हो।

१३ औं ओभरको दोस्रो बलमा जनकपुरले लाहिरु मिलन्थालाई गुमाएको हो । २३ बलमा २४ रन बनाएका उनी रनआउट भएका हुन् ।

सोही ओभरको चौथो बलमा अभिषेक गौतमले हर्ष ठाकरलाई आउट गरे भने अन्तिम बलमा जेमी निशमको विकेट लिए । हर्षले तीन बलमा एक रन बनाएका थिए भने निशमले २ बलको सामना गरेर एक रन जोडेका थिए ।

जनकपुरका कप्तान अनिल शाह अर्धशक बनाउन चुकेका छन् ।
लुम्बनीविरुद्ध ३९ बल चार छक्का र एक चौकाको मद्दतमा ४५ रन बनाएका शाहलाई सन्दीप जोराले क्याचआउट गराएका हुन् । १२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा अनिललाई आउट गरेका हुन् ।

यसअघि जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए ।

लुम्बिनीका लागि साद बिन जफर र सन्दीप जोराले एकएक विकेट लिँदा अभिषेक गौतमले दुई विकेट लिएका छन्।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : १० बजे

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो