एउटै ओभरमा लुम्बिनीका लागि कप्तान रोहितले लिए दुई विकेट | Khabarhub Khabarhub

एउटै ओभरमा लुम्बिनीका लागि कप्तान रोहितले लिए दुई विकेट


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले एउटै ओभरमा जनकपुरको दुई विकेट लिएका छन्।

१६ औं ओभरमा कप्तान रोहितले एक रन दिएर दुई विकेट लिएका हुन्। श्री मल्ल शून्यमा आउट हुँदा मोहम्मद मोहसिन पाँच बल खेलेर तीन रन बनाउँदा आउट भएका हुन्।

यसअघि अभिषेक गौतमले बलिङ गरेको १३ औं ओभरमा जनकपुरले तीन विकेट गुमाएको थियो। १३ औं ओभरको दोस्रो बलमा जनकपुरले लाहिरु मिलन्थालाई गुमाएको हो। २३ बलमा २४ रन बनाएका उनी रनआउट भएका हुन्। सोही ओभरको चौथो बलमा अभिषेक गौतमले हर्ष ठाकरलाई आउट गरे भने अन्तिम बलमा जेमी निशमको विकेट लिए। हर्षले तीन बलमा एक रन बनाएका थिए भने निशमले २ बलको सामना गरेर एक रन जोडेका थिए।

जनकपुरका कप्तान अनिल शाह अर्धशक बनाउन चुकेका छन्।
लुम्बनीविरुद्ध ३९ बल चार छक्का र एक चौकाको मद्दतमा ४५ रन बनाएका शाहलाई सन्दीप जोराले क्याचआउट गराएका हुन्। १२ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा अनिललाई आउट गरेका हुन्।

यसअघि जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

लुम्बिनीका लागि साद बिन जफर र सन्दीप जोराले एकएक विकेट लिँदा अभिषेक गौतम र रोहित पौडेलले दुई विकेट लिएका छन्।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : २२ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले