जनकपुरविरुद्ध बलिङमा ‘कमब्याक’ गरेको लुम्बिनी (तस्बिरहरू) « Khabarhub

जनकपुरविरुद्ध बलिङमा ‘कमब्याक’ गरेको लुम्बिनी (तस्बिरहरू)



काठमाडौं- अपराजित रहेको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध १३७ रनको सामान्य स्कोर गरेको छ ।

सुरुमा आक्रमक ब्याटिङ गरेको जनकपुरलाई लुम्बिनीले बलिङमा कमब्याक गर्दै दबाबमा राख्दा समान्य स्कोर बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा गएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनमात्रै बनाउन सक्यो ।

कुनै बेला जनकपुर ११ ओभरमा १ विकेटको क्षतिमा ८७ रनमा थियो । तर त्यसपछि उसलाई लुम्बिनीले कसिललो बलिङमार्फत् दबाबमा राख्न सफल भयो।

जनकपुरका लागि कप्तान अनिल साहले सर्वाधिक ४५ रन बनाए लाहिरु मिलान्थाले २७, शुभ कंसाकारले २२ र आसिफ शेखले १६ रन जोडे । अरु खेलाडी दोहोरो अंक छुन असफल रहे।

लुम्बिनीका लागि अभिशेष गौतमले तीन विदेशी खेलाडीलाई पवेलियन फर्काउन सफल भए । उता कप्तान रोहित पौडेलले पनि २ विकेट झारे ।

लुम्बिनीका साद बिन जफरको नाममा पनि पनि २ विकेट रह्यो । यसअघिका तीनै खेल जितेको जनकपुर लिगको दोस्रो स्थानमा छ । तर एनपीएलको पहिलो सिजन नै लुम्बिनीका लागि निराशाजनक छ । उसले यसअघिका सबै तीन खेल हारेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ०५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा