जनकपुरविरुद्ध बलिङमा ‘कमब्याक’ गरेको लुम्बिनी (तस्बिरहरू) « Khabarhub

जनकपुरविरुद्ध बलिङमा ‘कमब्याक’ गरेको लुम्बिनी (तस्बिरहरू)



काठमाडौं- अपराजित रहेको जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध १३७ रनको सामान्य स्कोर गरेको छ ।

सुरुमा आक्रमक ब्याटिङ गरेको जनकपुरलाई लुम्बिनीले बलिङमा कमब्याक गर्दै दबाबमा राख्दा समान्य स्कोर बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा गएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनमात्रै बनाउन सक्यो ।

कुनै बेला जनकपुर ११ ओभरमा १ विकेटको क्षतिमा ८७ रनमा थियो । तर त्यसपछि उसलाई लुम्बिनीले कसिललो बलिङमार्फत् दबाबमा राख्न सफल भयो।

जनकपुरका लागि कप्तान अनिल साहले सर्वाधिक ४५ रन बनाए लाहिरु मिलान्थाले २७, शुभ कंसाकारले २२ र आसिफ शेखले १६ रन जोडे । अरु खेलाडी दोहोरो अंक छुन असफल रहे।

लुम्बिनीका लागि अभिशेष गौतमले तीन विदेशी खेलाडीलाई पवेलियन फर्काउन सफल भए । उता कप्तान रोहित पौडेलले पनि २ विकेट झारे ।

लुम्बिनीका साद बिन जफरको नाममा पनि पनि २ विकेट रह्यो । यसअघिका तीनै खेल जितेको जनकपुर लिगको दोस्रो स्थानमा छ । तर एनपीएलको पहिलो सिजन नै लुम्बिनीका लागि निराशाजनक छ । उसले यसअघिका सबै तीन खेल हारेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ०५ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान