जनकपुरका हर्ष ठाकर : जसले पहिलो जितनजिक पुगेको लुम्बिनीलाई चौथो चखाए | Khabarhub Khabarhub

जनकपुरका हर्ष ठाकर : जसले पहिलो जितनजिक पुगेको लुम्बिनीलाई चौथो चखाए


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध खेलमा जनकपुर बोल्ट्सका हर्ष ठाकर एक्लैले ५ विकेट झारे ।

कुनै बेला जनकपुरले दिएको १३७ रनको चुनौती पछ्याएको लुम्बिनी जिततर्फ अघि बढेको अवस्थामा बलिङ सम्महालेका क्यानडाका यी २७ वर्षीय अलराउन्डरले चमत्कारिक बलिङ गरे।

उनले ४ ओभर बलिङ गर्दै ५.७५ को इकोनोमीमा केबल २३ रन खर्चिए । किफायती बलिङ गरेका उनी ५ विकेट लिएर खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।

सामान्य चुनौती पाएको लुम्बिनीले जनकपुरको लक्ष्य पछ्याउँदा कुनै बेला जितको बाटोमा थियो । जुनबेला लुम्बिनीका कप्तान एवम् ब्याटर रोहित पौडेल पनि क्रिजमा थिए ।

१५ ओभरको खेल सकिँदा लुम्बिनीले केबल २ विकेट गुमाउँदै १०० रन हानिसकेको थियो । जुनबेला क्रिजमा रोहितसमेत थिए ।

तर जब हर्ष बल लिएर आए, तब लुम्बिनीको दुर्दशा सुरु भयो । १५ ओभरमा बलिङका लागि आएका उनले आफ्नो चौथो बलमा कप्तान पौडेललाई ३८ बलमा ३५ रन हानेको अवस्थामा जेम्स नसिमको हातबाट क्याच आउट गराए ।

रोहितलाई पवेलियन फर्काइनु नै खेलको टर्निङ प्वाइन्ट थियो । कप्तान पौडेल आउट भएसँगै लुम्बिनी लड्खडाउन थाल्यो । जनकपुरका हर्षले त्यसपछि आफ्नो धारिलो बलिङले लुम्बिनीलाई अत्याइरहे ।

कप्तान बाहिरिएपछि दबाबमा परेको लुम्बिनीलाई खेलको १७.१ ओभरमा हर्षले अ्को धक्का दिए । उनले रोहितपछाडि धेरै स्कोर अर्थात् ३१ रन बनाएका टोम मोरेसलाई ललित राजवंशीको हातबाट क्याच आउट गराए ।

तस्बिर : चिरायु शाक्य

त्यसपछि खेल जनकपुरको पक्षमा गयो । लुम्बिनी चौथो खेलमा पहिलो जित हुनेमा आशावादी रहेका बेला हर्ष भिलेनका रुपमा देखिए ।

मोरेसलाई आउट गरेलगत्तै उनले १७.३ ओभरमा विवेक यादवलाई पनि जेम्स नसिमकै हातबाट क्याच आउट गराए । यादवले २ बलको सामना गरेर खाता नै खोल्न नपाई पवेलियन फर्किनुपर्‍यो ।

यसबीचमा लुम्बिनीलाई धरासायी बनाउन किशोरी महतोले पनि एक विकेट लिए । उनले १८.२ ओभरमा बेन कटिङलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए ।

त्यसपछि अन्तिम ओभरमा बलिङका लागि आएका उनै हर्षले लुम्बिनीको हातबाट म्याच खोसे । उनले १९.१ ओभरमा साद बिन जफरलाई आशिफ शेखबाट क्याच आउट गराए । त्यसबेला जफरले पनि २ बल खेलेर शून्यमै फर्किनुपर्‍यो ।

अन्तिम ओभरको पहिलो बलमा जफरलाई पवेलियन फर्काएका हर्षले अन्तिम ओभरको अन्तिम बलमा खेललाई जनकपुरको पक्षमा पारे ।

खेलमा जितका लागि अन्तिम बलमा लुम्बिनीलाई २ रन चाहिएको थियो । जुनबेला लुम्बिनी १३५ रन बनाएर अन्तिम बलमा जित निकाल्ने दाउमा थियो ।

तर, अन्तिम बलमा बाउन्ड्री हान्ने कोसिसमा रहेका लुम्बिनीका सन्दीप जोरालाई उनै हर्षले निराश बनाए । जोराले बाउन्ड्री हान्न ब्याटमा बल त लगाए तर चाहेजति शक्ति पुगेन ।

हर्षको हातबाट आएको बललाई बाउन्ड्री पठाउने कोसिस गर्दा जोरा १६ रन बनाएको अवस्थामा किशोर महतोको हातबाट क्याच आउट हुन पुगे ।

अन्तिम बलमा जित निकाल्न चुकेपछि लुम्बिनी लगातार चौथो खेलमा हार भोग्ने पहिलो टिम बनेको छ । यससँगै लुम्बिनीको अघिल्लो चरणको यात्रा पनि लगभग समाप्त भएको छ ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : ०९ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु : २७ विद्यार्थी बेपत्ता

टेक्सास – अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ।

क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

लमजुङ– चट्टान खोपेर बनाइएको साँघुरा सडक, माथि हेर्दा आकाशै छोएझैँ