एकै स्वरमा गुञ्जिए कर्मा ब्यान्ड र कुटुम्ब (तस्बिरहरू) | Khabarhub Khabarhub

एकै स्वरमा गुञ्जिए कर्मा ब्यान्ड र कुटुम्ब (तस्बिरहरू)



काठमाडौं- कर्मा ब्यान्ड र साङ्गीतिक समूह कुटुम्ब यही शनिबार राति बृहत् कन्सर्टमामार्फत् ‘एकै स्वरमा कीर्तिपुरमा’ गुञ्जिएका छन् ।

कीर्तिपुर नगरपालिकाको प्रवर्द्धन, आदि ग्रुप प्रालिको व्यवस्थापन तथा प्रवर्द्धन एकाई (एएसक्यु)को आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्ट गरिएको हो ।

कन्सर्टमा कर्मा ब्यान्डका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले…’, ‘मौनता…’, ‘को हौ तिमी…’ लगायत दर्जन भाका गुञ्जिएका छन्।

कर्माका गायक सुरेन्द्रमान सिंहको गहिरो स्वर, फिरोज बज्राचार्य र रिग्जिन लामाको गिटार, अनिल शाक्यको ड्रम्स, ईश्वर घलेको बास, बिप्पु श्रेष्ठको परक्युसनले कन्सर्ट पूरा संगीतमय भएको थियो ।

कुटुम्ब समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै आएको छ ।

समूहका अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन पस्किए ।

कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुत गरिएको थियो ।

कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गर्दै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता कार्यक्रम पनि प्रस्तुत गरिएको प्रवर्द्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  २ : ४० बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’