इसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य « Khabarhub

इसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको दोस्रो खेलमा हसन इसाखाइलको अर्धशतकमा चितवन राइजोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा पहिला ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।

यसका लागि चितवनका ओपनरसमेत रहेका अफगानिस्तानका ओपनर हसन इसाखाइलले सर्वाधिक ६५ रन जोडे । ५२ बल खेलेका उनले ६ चौका र ३ छक्काको प्रहार गरे ।

उनलाई १५ ओभरको पहिलो बलमा तेस्रो विकेटकारुपमा सुदूरपश्चिमका स्कट कुग्गेलिजनले नरेश बूढाऐरमार्फत क्याच आउट गरेका हुन् ।

अर्का ओपनर सन्तोष कार्कीको ब्याट आजको खेलमा चल्न सकेन । उनी केबल ९ रनमा आउट भए । बिपिन रावलले २० बल खर्चेर १७ रन जोड्दा २ चौका प्रहार गरे ।

कप्तानसमेत रहेका कुशल मल्लको ब्याट पनि आजको खेल्नमा चल्न सकेन । उनी १६ बल खर्चेर १३ रनमा पवेलियन फर्किए ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य
तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  २ : २८ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ