कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित  « Khabarhub

कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित 


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

कोरम नपुगेका कारण बैठक स्थगित गरिएको समिति सभापति अम्बर बहादुर थापाले जानकारी दिए  । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो । गणपूरक संख्या नपुगेका कारण स्थगित बैठक सोमबार पुन: १ बजे बोलाइएको सभापति थापाले बताए ।

२४ सदस्य रहेको समितिको बैठक बस्न १३ जना हुनुपर्ने आवश्यक हुन्छ । बैठकमा सहभागी हुनका लागि शिक्षामन्त्री विद्या भट्टराई पनि समितिमा उपस्थित भएकी थिइन्  ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ३ : ५१ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ