सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा सुदूरपश्चिम रोयल्स « Khabarhub

सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा सुदूरपश्चिम रोयल्स


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा सुरुवाती क्रममा ब्याटर नचल्दा सुदूरपश्चिम संकटमा परेको छ ।

चितवन राइनोजविरुद्ध दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूपश्चिमका ब्याटरहरू सस्तैमा पवेलियन फर्किएका हुन् ।

सुदूरपश्चिमका ओपनर सैफ जाइब पहिलो विकेटका रुपमा ११ बलमा १८ रन जोडेर पवेलियन फर्किए । उनी मौसम ढकालको बलमा गुलशन झामाफर्त क्याच आउट भए ।

अर्का ओपनर बिनोद भण्डारीलाई चितवनका कप्तान समेत रहेका कुशल मल्लले पवेलियन फर्काए । कुशलको बलको समाना गर्दा भण्डारी जान निकोल लोफ्टी इटन मार्फत् क्याच आउट भएका हुन् ।

अर्का ब्याटर ब्रान्डन म्याकमुल्लनलाई कुशलले नै सस्तैमा पवेलियन फर्काए । उनले ९ बलमा २ चौकाको सहयोगमा १३ रन जोडे ।

क्यानडाका अलराउन्डरसमेत रहेका दिलप्रीत बजवा पनि इटनकै बलको शिकार बने । उनी एलबीडब्ल्यू आउट भएका हुन् । आरिफ शेखलाई सस्तैमा आउट गराउन गुल्शनको बल काफी बन्यो । आरिफले दोहोरो रन बनाउन सकेनन् ।

इशान पाण्डेले सुदूरपश्चिको इलिङ उकास्न खोजेका थिए । उनले २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३५ रन जोडे । त्यसपछि अमरसिंह रौटेलाको बलमा दीपक बोहोरामार्फत् क्याच आउट भए ।

दीपेन्द्रसिंह ऐरीको प्रस्तुती झन् फितलो बन्यो । २ बलमा १ रन जोडेर उनी इटनकै बलको शिकार बने ।

१७ ओभरमा आइपुग्दा सुदूरपश्चिम १२३ रनको अवस्थामा ८ विकेटको क्षतिमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : ०७ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको