लगातार चौथो जितबाट चुक्यो सुदूरपश्चिम, चितवनसँग ३३ रनले पराजित « Khabarhub

लगातार चौथो जितबाट चुक्यो सुदूरपश्चिम, चितवनसँग ३३ रनले पराजित


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत आइतबार भएको तेह्रौँ भिडन्तमा चितवन राइनोजले बाजी मारेको छ ।

चितवनले बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराउन सफल भएको हो । यससँगै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

चितवनसँगको हारले सुदूरपश्चिम लगातार चौथो जित निकाल्न पनि चुकेको छ । कीर्तिपुर मैदानमा आइतबार खेलमा फितलो ब्याटिङका सुदूरपश्चिम मध्यम लक्ष्य भेट्टाउन असफल भयो ।

१६४ रनको लक्ष्य पछ्याउको सुदूरपश्चिमले १३१ रनको अवस्थमा १८ दशमलव २ ओभरमा नै सबै विकेट गुमायो ।

आजको खेलमा सुदूरपश्चिमका ब्याटरहरुको प्रस्तुति सम्झनलायक रहेन । इशान पाण्डेले टीमका लागि सर्वाधिक ३५ रन जोडे । २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमर राटौलाको बलमा दीपक बोहोराबाट क्याच हुँदै आउट भएका हुन् ।

बलिङतर्फ चितवनका अमर, कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रिजन ढकाले समान २/२ विकेट लिए । सोहल तनवीरको नाममा १ विकेट रह्यो ।

सुदूरपश्चिमका ओपनरसैफ जाइबको विकेट रिजन ढकालले लिएका हुन् । अर्का ओपनर बिनोद भण्डारी कुशल मल्लको बलमा इटनमार्फत् क्याच आउट भए ।

स्कटल्यान्डका अलराउन्डर ब्याटरसमेत रहेका ब्रान्डन म्याकमुल्लेन पनि कुशलकै बलमा शिकार बने । दिलप्रीत बजवालाई इटनले एलबीडब्ल्यू आउट गराए ।

कप्तान दीपेन्द्रसिंह ऐरी इटनकै बलमा बिपिन रावलमार्फत क्याच आउट भए ।

तस्बिरहरू : चिरायु शाक्य

कुशल मल्लको बलमा बोल्ड हुँदै सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुल्लेन । तस्बिर : चिरायु शाक्य

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई