लगातार चौथो जितबाट चुक्यो सुदूरपश्चिम, चितवनसँग ३३ रनले पराजित « Khabarhub

लगातार चौथो जितबाट चुक्यो सुदूरपश्चिम, चितवनसँग ३३ रनले पराजित


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत आइतबार भएको तेह्रौँ भिडन्तमा चितवन राइनोजले बाजी मारेको छ ।

चितवनले बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराउन सफल भएको हो । यससँगै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

चितवनसँगको हारले सुदूरपश्चिम लगातार चौथो जित निकाल्न पनि चुकेको छ । कीर्तिपुर मैदानमा आइतबार खेलमा फितलो ब्याटिङका सुदूरपश्चिम मध्यम लक्ष्य भेट्टाउन असफल भयो ।

१६४ रनको लक्ष्य पछ्याउको सुदूरपश्चिमले १३१ रनको अवस्थमा १८ दशमलव २ ओभरमा नै सबै विकेट गुमायो ।

आजको खेलमा सुदूरपश्चिमका ब्याटरहरुको प्रस्तुति सम्झनलायक रहेन । इशान पाण्डेले टीमका लागि सर्वाधिक ३५ रन जोडे । २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमर राटौलाको बलमा दीपक बोहोराबाट क्याच हुँदै आउट भएका हुन् ।

बलिङतर्फ चितवनका अमर, कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रिजन ढकाले समान २/२ विकेट लिए । सोहल तनवीरको नाममा १ विकेट रह्यो ।

सुदूरपश्चिमका ओपनरसैफ जाइबको विकेट रिजन ढकालले लिएका हुन् । अर्का ओपनर बिनोद भण्डारी कुशल मल्लको बलमा इटनमार्फत् क्याच आउट भए ।

स्कटल्यान्डका अलराउन्डर ब्याटरसमेत रहेका ब्रान्डन म्याकमुल्लेन पनि कुशलकै बलमा शिकार बने । दिलप्रीत बजवालाई इटनले एलबीडब्ल्यू आउट गराए ।

कप्तान दीपेन्द्रसिंह ऐरी इटनकै बलमा बिपिन रावलमार्फत क्याच आउट भए ।

तस्बिरहरू : चिरायु शाक्य

कुशल मल्लको बलमा बोल्ड हुँदै सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुल्लेन । तस्बिर : चिरायु शाक्य

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २० बजे

जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

बनियानी–  जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनः निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त

तस्बिरमा हेर्नुहोस्, कर्णाली र जनकपुरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज भएको

सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो

काठमाडौं- सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा