प्रधानमन्त्रीले उद्घाटन गरे दमकको व्यापारिक कम्प्लेक्स (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्रीले उद्घाटन गरे दमकको व्यापारिक कम्प्लेक्स (तस्बिरहरू)


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् ।

दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दूरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।

चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

स्थानीय जनसहभागितामा ओलीले उक्त कम्प्लेक्सको आइतबार गृहनगरमा विशेष कार्यक्रमसहित उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २९ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु